Description
जनता जागेका बेला: जनआन्दोलन २०४६को इतिहास
कियोको ओगुरा
2006, pp. x+276
नेपालका प्रतिबन्धित राजनैतिक दलहरूले २०४६ माघ ७ गतेका दिन निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बहालीका लागि जनआन्दोलन गर्ने घोषणा गरे र फागुन ७ गतेलाई जनआन्दोलन सुरू गर्ने दिनका रूपमा रोजे, जुन दिन ४० वर्षअगाडि राणाशासनको अन्त्य भएको थियो । प्रजातन्त्रको पुनर्बहालीका लागि भएको यस जनआन्दोलनलाई दबाउन सरकारले सक्दो प्रयास गरेको थियो । तर, अन्ततः जनताको जित भइछाड्यो । चैत २६ गतेका दिन राजाबाट राजनैतिक दलमाथिको प्रतिबन्ध फुकुवा भयो र संसदीय प्रणालीको शासनव्यवस्था स्थापनाका लागि प्रयास थालियो । ६० दिनसम्म चलेको जनआन्दोलनबारे एक हजारभन्दा बढी व्यक्तिहरूसित अन्तर्वार्ता लिएर लेखिका कियोको ओगुराले नेपाली जनताले प्रजातन्त्रका लागि गरेको सङ्घर्षको रोचक इतिहास लेखेकी छिन् ।
__________________________________________________________________________________________________________________________________________
जापानी पत्रकार तथा लेखिका कियोको ओगुराले सुकम आसाही र माइनिची समाचारपत्रको इकोनमिस्ट म्यागजिनमा २०४६ सालको जनआन्दोलनबारे लेखेकी थिइन् । यो पुस्तक सबैभन्दा पहिले सन् १९९९ मा आन्दोलनरत अधिराज्यका ६० दिन शीर्षकमा जापानी भाषामा छापिएको थियो । त्यसपछि सन् २००१ मा काठमाडौँ स्प्रिङ शीर्षकमा अङ्ग्रेजी भाषामा नेपालबाट प्रकाशित भएको थियो ।


Reviews
There are no reviews yet.