Description
यात्रा वृत्तान्तः नेपाल आउने पहिलो फ्रेन्च अन्वेषक
गुस्ताभ ल बोँ
2022, pp. xii+102
गुस्ताभ ल बोँ नेपालको भ्रमण गर्ने पहिलो फ्रेन्च यात्री थिए। उनी सन् 1855 मा नेपाल आएका थिए। उनको उद्देश्य उस बेला विदेशीहरूका लागि निषिद्ध रहेको यस हिमाली मुलुकका मठमन्दिर एवं प्राचीन स्मारकहरूको वास्तुशिल्प र तिनका आधारमा यहाँको इतिहास तथा संस्कृतिको अध्ययन गर्ने थियो। उनले काठमाडौं खाल्डोबाहिर अन्यत्र जाने अनुमति राणा शासकहरूबाट पाएनन् र काठमाडौँ पनि सीमित समयका लागि मात्र बस्न पाए। छोटो समयमा गरिएको भए पनि यी प्रकाण्ड अन्वेषकको अध्ययनमा उनको बौद्धिक तीक्ष्णता र गहिराइ प्रकट हुन्छ जसका कारण उनको यस पुस्तकले ऐतिहासिक दस्तावेजको स्थान ओगटेको छ।


Reviews
There are no reviews yet.