Description
नेपालको चिनारी
टोनी हागन
2002, xii+102
टोनी हागन सन् 1950 मा स्वीस सरकारले ६ महिनाका लागि नेपाल पठाएको प्राविधिक सहयोग टोलीकव सदस्यका रूपमा पहिलोपटक नेपाल आएका थिए। त्यस प्राविधिक सहयोग टोलीको मुख्य काम नेपालमा पश्चिमा शैलीको विकास पद्धति थाल्न र प्राकृतिक खनिज भण्डार पत्ता लगाउन नेपाल सरकारलाई मदत गर्नु थियो। स्वीस टोलीको सदस्य भएका नाताले टोनी हागनले नेपालको ग्रामीण इलाका चहार्न पाए। त्यस घुमाइको अनुभवबाट हागनलाई त्यति बेलासम्म “अज्ञात भूमि” भनेर चिनिएको नेपालबारे अझै जान्ने बुझ्ने कौतूहल जाग्यो। उनको नेपालसितको पाँच दशकभन्दा लामो र निकट सम्बन्धको सुरुआत त्यहींबाट भएको थियो।


Reviews
There are no reviews yet.