Skip to content Skip to footer

नेपालको सामाजिक जनसाङ्ख्यिकी

Author: पीताम्बर शर्मा र भीमप्रसाद सुवेदी

 650

Categories: , Product ID: 20824

Additional information

  • Weight: 500 g
  • Year of Publishing : 2025
Share On:

Description

नेपालको सामाजिक जनसाङ्ख्यिकी
पीताम्बर शर्मा र भीमप्रसाद सुवेदी
2025, pp. xvi+216

पहिलेका जनगणनाका तथ्याङ्कको विश्लेषणमा आधारित भएर लेखकहरुले सन् २०२१ को जनगणनाले देखाएको नेपालको जनसाङ्ख्यिक गतिशीलताको अद्यावधिक चित्र प्रस्तुत गर्नुभएको छ । विगतमा देखिएको नेपालको जनसाङ्ख्यिकी तथा जनसङ्ख्याको भौगोलिक र स्थलीय सङ्क्रमणको गहन विश्लेषण गर्नुका साथै केही दशक यता प्रकट हुँदै गएका नवीन विषयवस्तुसमेत यस पुस्तकले समेटेको छ । यस्तो सङ्क्रमणमा भौगोलिक क्षेत्रबीच भइरहेको जनसङ्ख्याको बसाइँसराइ मात्र नभएर घट्दो जनसङ्ख्या वृद्धिदर, उमेर संरचनामा आएको परिवर्तन, बढदो बुढ्यौलीपन, दुत गतिमा भइरहेको शहरीकरण र निरन्तर बढ्दो बाह्य बसाइँसराइको क्रम पर्दछन् ।
यस पुस्तकमा नेपालको जात र जनजातिको संरचनाका साथै भाषा, धर्म र शिक्षाको प्रवृत्ति जस्ता विषयको भौगोलिक, प्रदेशगत र सामाजिक आयामको विवेचना गरिएको छ । प्रामाणिक र व्यापक विश्लेषणले गर्दा यो पुस्तक नीति निर्माता, विकास कार्यकर्ता, अनुसन्धानकर्ता, विद्यार्थी र आम पाठकका निम्ति निकै उपयोगीसिद्ध हुनेछ ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password