Description
स्थाननामकोश
कृष्णप्रकाश श्रेष्ठ
2010, xxxvi+496
कुनै पनि स्थाननामले त्यहाँको मानव सभ्यतासँग गाँसिएको कला, साहित्य, संस्कृति, भाषा, भूगोल, ज्ञान, विज्ञान र परम्पराको इतिहासलाई बोकेको हुन्छ। नेपालजस्तो भौगोलिक, सांस्कृतिक र भाषिक विविधताले सम्पन्न देशका स्थाननामहरूको विविधतालाई केलाएर, तिनको भाषिक अर्थ र व्युत्पत्तिको व्याख्या गर्दै स्थाननामकोश तयार गर्नु निकै ठूलो परिश्रम र लगनशीलताको परिणाम हो। यस्तो कोशको खाँचो पहिले त थियो नै अब आएर सङ्घीय नेपालको गणतान्त्रिक स्वरूपमा यस कोशको महत्ता अझ बढ्न गएको छ। प्रान्तीय भाषाका आधारमा स्थापित मौलिक स्थाननामहरूको परीक्षा गरेर अपभ्रंशलाई हटाएर सार्थक नाम पहिल्याउनमा यसले ठूलो टेवा दिनेछ भन्नेमा दुईमत हुँदैन।
_____________________________________________________________________________________________________________
सन् 1938 मा काठमाडौंमा जन्मनुभएका कृष्णप्रकाश श्रेष्ठले मास्कोबाट पत्रकारिता विषयमा सन् 1966 मा एम.ए. गर्नुभएपछि मास्कोलाई नै आफ्नो कर्मथलो बनाउँदै आउनुभएको थियो। सन् 2003 मा जगदम्बाश्री पुरस्कारबाट सम्मानित श्रेष्ठका नेपाली र रूसी साहित्य तथा संस्कृतिसम्बन्धी एक दर्जनभन्दा बढी पुस्तकहरू नेपाली र रूसी दुवै भाषामा प्रकाशित भइसकेका छन्।


Reviews
There are no reviews yet.