Description
हाँडीगाउँ: प्राचीन नेपालको राजधानी
सुदर्शनराज तिवारी
2023, pp. xiv+314
हाँडीगाउँ काठमाडौं उपत्यकाको हालसम्मै ज्ञात सबैभन्दा पुरानो बस्ती हो । कुनै बेला किराँत तथा लिच्छवि राजाहरुद्वारा निर्मित मानगृह र कैलाशकुट भवनजस्ता भव्य दरबारहरु रहेको यो ठाउँ एक सहस्राब्दीभन्दा लामो समयसम्म उपत्यकाको राजधानी भएर रहेको थियो । मल्लकालको आगमनपछि भक्तपुर शहरको उदय भए तापनि त्यसअघिको कालखण्ड हाँडीगाउँको सेरोफेरोमा केन्द्रित थियो । हाँडीगाउँको त्यो लालित्यपूर्ण अतीत यहाँका बासिन्दाहरुको परम्परा तथा रीतिरिवाजहरुमा आज पनि जीवन्त रहेको पाइन्छ । लेखकले तिनै सांस्कृतिक सन्दर्भहरुको सहयोग लिएर तिनलाई पुराताङ्खिवक खोजका निष्कर्ष र अभिलेखहरुसँग भिडाउँदै त्यस प्राचीन शहरको चित्र कोर्ने प्रयास गरेका छन् । हाँडीगाउँका प्राचीन जात्रा एवं गूढ अनुष्ठानहरु तथा हालसम्म पनि जनजीवनको अभिन्न अङ्ग बन्दै आइरहेका शक्तिपीठ तथा सार्वजनिक स्थानहरुसँग तिनको अन्तर्सम्बन्धको अध्ययन गर्दै त्यसैको आधारमा लेखकले हाँडीगाउँको उत्पत्ति, यससम्बन्धी किंवदन्तीका पात्रहरु, राजकीय प्रपञ्चहरु तथा अन्य ऐतिहासिक घटनाहरुको एउटा रोचक कथा प्रस्तुत गरेका छन् ।
__________________________________________________________________________
वास्तुकलाविद् तथा संस्कृति इतिहासविद् सुदर्शनराज तिवारीले दिल्ली विश्वविद्यालय तथा हवाई विश्वविद्यालयबाट वास्तुकलासम्बन्धी डिग्री प्राप्त गरेका हुन् । सन् १९८८ देखि १९९२ सम्म डिनको कार्यभार सम्हाल्दै उनले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानमा ३५ वर्षभन्दा बढी सेवा गरेका छन् । नेपालको ऐतिहासिक वास्तुकला, शहर तथा सम्पदा संरक्षणसम्बन्धी स्वाध्यायनले उनलाई काठमाडौं उपत्यकाको प्राचीन बस्तीहरुसम्बन्धी शोधपत्रमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने अवसर पनि मिल्यो । प्राध्यापक तिवारीले लुम्बिनी, स्वयम्भू, चाँगुनारायण तथा पाटन दरबार स्क्वायरजस्ता विश्व सम्पदामा सूचीकृत विभिन्न स्थलहरुमा काम गरिसकेका छन् ।


Reviews
There are no reviews yet.